
काठमाडौँ , २२ असोज । राष्ट्रपति रामचन्द्र पौडेलले ‘सार्वजनिक सेवा प्रसारणसम्बन्धी कानुनको संशोधन र एकीकरण गर्न बनेको विधेयक’लाई प्रमाणीकरण गर्नुभएको छ। यो विधेयक प्रमाणीकरण भएसँगै ३१ दिनपछि कार्यान्वयनमा आउनेछ। कानुन बनेपछि रेडियो नेपाल र नेपाल टेलिभिजनलाई एउटै नेतृत्वअन्तर्गत सञ्चालन गरिनेछ।
राष्ट्रपतिको कार्यालयका अनुसार, उहाँले नेपालको संविधानको धारा ११३ को उपधारा (२) को आधारमा उक्त विधेयक प्रमाणीकरण गर्नुभएको हो।
यो विधेयक सङ्घीय संसदका दुवै सदनले पारित गरी प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा प्रस्तुत गरिएको थियो।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे