
काठमाडौँ , ६ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचार मुद्दामा पाँच वर्षे हद म्याद मान्य नहुने बताएका छन्।प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भने, म आफ्नो दलको तर्फबाट यो सदनमा स्पष्ट पार्न चाहन्छु की भ्रष्टाचार मुद्दामा पाँच वर्षे हद म्याद मान्य हुने छैन। नो इफ नो बट हाम्रो कुरा क्लियर कट। पाँच वर्षे लागु हुने छैन। म यो सिङ्गो देशलाई यो जानकारी गराउन चाहन्छु।
उनले सामाजिक सञ्जालमा एउटा भिडियो बनेको र त्यहाँ सचेत युवाहरूले भ्रष्टाचारमा हदम्यादको प्रावधान राख्न लागिएकोबारे चिन्ता व्यक्ति गरेको उनले बताए।उनले यसअघि नै दुई दलीय सरकार हुँदा चिन्तित हुनुपर्ने परिस्थिति रहेको स्मरण गर्दै भ्रष्टाचारको विषयमा देशका युवाहरूले चिन्ता गरेकोप्रति खुसी व्यक्त गरे।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे