
काठमाडौँ , ५ भदौ | दाङमा इनार सफा गर्ने क्रममा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–१३ दमारगाउँ निवासी ३८ वर्षीय यमबहादुर विक र १६ वर्षीय मुकेश विक रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक दामप्रसाद श्रेष्ठले जानकारी दिए ।
स्थानीय दुर्गा बिकको इनार सफा गर्न इनार सफा गर्ने क्रममा बुधवार निसासिएर दुई जनाको मृत्यु भएको हो । उनीहरू इनार भित्र फसेको सूचना पाउनासाथ प्रहरी पोष्ट दमारगाउँबाट प्रहरी सहायक निरीक्षक आनन्द हिताङको कमाण्डमा दुई जना, इलाका प्रहरी कार्यालय तुलसीपुरबाट प्रहरी निरीक्षक दामप्रसाद श्रेष्ठको नेतृत्वमा आठ जना र नेपाली सेनाको अम्बापुर बेस क्याम्पबाट जामरात रमेश पराजुलीको कमाण्डमा तीन जना प्रहरी खटिएका थिए।
बेहोस अवस्थामा अस्पतालमा ल्याइएका दुबैलाई चिकित्सकले ११ बजे मृत घोषणा गरेका थिए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे