
काठमाडौँ , ५ भदौ | राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले निवर्तमान महामन्त्री डा मुकुल ढकाललाई पार्टीबाट निष्कासन गर्नुअघि अन्तिम पटक स्पष्टीकरण सोध्ने भएको छ।
बुधबार पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले ढकाललाई पार्टीबाट निष्कासन गर्नुअघि अन्तिम पटक स्पष्टीकरण सोध्ने निर्णय गरेको गरेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए। यसअघि रास्वपाले उनलाई पार्टी हितविपरीत गतिविधि गरेको भन्दै महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट हटाउने निर्णय गरेको थियो । तर, उनको साधारण सदस्य भने कायमै थियो । ढकाल गत जेठ ६ गतेदेखि असारको ५ गतेसम्म ३८ जिल्ला घुमेर पार्टीमा प्रतिवेदन बुझाएका थिए ।
प्रतिवेदन बुझाउनुअघि मिडियामा पार्टी कमजोर बनेको, यस्तै अवस्था रहे अर्को चुनावमा राष्ट्रिय पार्टी बन्नसमेत मुस्किल हुने, स्वतन्त्र निर्वाचितहरूसँग मिलेर पार्टी बलियो बन्नुपर्ने लगायत प्रतिवेदनका अंश चुहाएपछि उनलाई पार्टी महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यसमेतबाट निलम्बन गरिएको छ।यस अघि मुकुल ढकाललाई सोधिएको स्पष्टीकरण र उनले उल्टै पार्टी सभापति रवि लामिछानेलाई गरेका प्रतिप्रश्न गरेका थिए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे