
काठमाडौं ।प्रोफेसनल एजुकेशन कन्सल्टेन्सीले अष्ट्रेलिया मेगा एडु फेयर २०२४ को सफलतापूर्वक सम्पन्नता गरिसकेको छ। यो फेयर अगष्ट १५, २०२४ का दिन कम्पनीको आफ्नै कार्यालय परिसरमा आयोजना गरिएको थियो। यस कार्यक्रममा अस्ट्रेलियामा अवस्थित एक दर्जनभन्दा बढी प्रमुख कलेज, विश्वविद्यालय र शैक्षिक संस्थाहरूका प्रतिनिधिहरू उपस्थित थिए।
फेयरको दौरान, विध्यार्थी र अभिभावकहरूले विभिन्न कलेज, विश्वविद्यालय र शैक्षिक संस्थाहरूको कोर्स, सुविधाहरू, आवेदन प्रक्रिया, शुल्क संरचना, र अध्ययन पश्चातका अवसरहरूको बारेमा विस्तृत जानकारी प्राप्त गरे।
विध्यार्थीहरूले यस फेयरको विशेष सराहना गरेका छन्, किनकि यसले उनीहरूलाई एउटै स्थानबाट अस्ट्रेलियाका उत्कृष्ट शैक्षिक संस्थाहरूको बारेमा जानकारी लिनको अवसर प्रदान गरेको थियो।
प्रोफेसनल एजुकेशन कन्सल्टेन्सीका टिम लिडर विकेस साहीले कार्यक्रमको सफलतामा खुसी व्यक्त गर्दै, सम्पूर्ण सहभागीहरूलाई धन्यवाद दिएर कार्यक्रमको समापन गरे।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे