
काठमाडौं,३२ साउन। नेपाल राष्ट्र बैकले प्रविधि पदका लागि आवेदन आह्वान गरेको छ । बैकले आज गोरखापत्रमार्फत एक सूचना जारी गरी सहायक निर्देशकसहित विभिन्न पदका लागि आवेदन आह्वान गरेको छ ।
बैङ्कले जारी गरेको सूचनामा सहायक निर्देशक ३४ जना, सहायक १३ जना र सहायक सूचना प्रविधि ५ जनामा आवेदन आह्वान गरिएको सूचनामा जनाइएको छ । सूचनामा योग्य नेपाली नागरिकले २०८१ साउन ३२ देखि भदौ २० सम्म र दोब्बर दस्तुर तिरेर २७ गतेसम्म आवेदन भर्न आव्हान गरेको छ ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे