
काठमाडौँ, जेठ २७। आज सुनको मूल्य घटेको छ । आज छापावाला सुन प्रतितोला चार हजारले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अज छापावाला सुन प्रतितोला एक लाख ४१ हजार र तेजाबी सुन प्रतितोलामा एक लाख ४० हजार तीन सय निर्धारण गरिएको छ ।
शुक्रबार छापावाला सुन तोलामा एक लाख ४५ हजार र तेजाबी सुन प्रतितोला एक लाख ४४ हजार तीन सयमा कारोबार भएको थियो ।
त्यस्तै चाँदीको मूल्य तोलामा ७५ ले घटेको छ । शुक्रबार प्रतितोला एक हजार नौ सय रहेकोमा आज एक हजार आठ सय २५ रहेको महासङ्घले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे