
काठमाडौँ , २४ जेठ | आज नेपाली बजारमा सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गरेको छ। हिजोको तुलनामा आज सुनको मूल्य प्रतितोला एक हजार आठ सय रूपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४४ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४३ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ।
बुधबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, हिजो (बुधबार) प्रतितोला १८ सय २५ रूपैयाँमा कारोबार भएको चाँदी आज २५ रूपैयाँ बढे १८ सय ५० रूपैयाँमा कारोबार भइरहेको महासंघ जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे