
काठमाडौं , २२ जेठ। पाँचथरको फालेलुङ गाउँपालिका ६ मा अवस्थित मुवा झर्ना घुम्न गएका एक युवक फोटो खिच्ने क्रममा लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा फिदिम २ का १८ वर्षीय एल्सन मगर रहेका छन् । उनी झर्नाको फोटो खिच्ने क्रममा लडेर घाइते भएका र उपचारका लागि झापा लैजाने क्रममा निधन भएको हो ।
साथीहरूसँग झर्ना घुम्न गएका उनीहरू फोटो खिच्ने क्रममा चिप्लेर लडेका थिए । गम्भीर मगरलाई पाँचथर अस्पतालमा उपचार सम्भव नभएपछि झापातर्फ लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो । उनीसँगै चिप्लेर लड्दा फिदिम ११ का २० वर्षीय सुदीप आङ्बो, फिदिम २ का राजन फागो र फिदिम ११ कै विशाल विश्वकर्मा घाइते भएका छन् । उनीहरूको पाँचथर अस्पतालमा उपचार भइरहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे