
काठमाडौँ, २२ जेठ । साताको तेस्रो कारोबारको दिन नेपाली बजारमा सुनको मूल्य तोलामा १ हजार ७०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार छापावाल सुन तोलामा १ लाख ४२ हजार ७०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन तोलामा १ लाख ४१ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै चाँदीको मूल्य पनि सामान्य वृद्धि भएको छ । अघिल्लो १८५० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार रु १० बढेर तोलामा १८६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे