
काठमाडौं,जेष्ठ २१। कोशी प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै छ। प्रदेश प्रमुख पर्शुराम खापुङले अपराह्न ४ बजे प्रदेश सभा बैठकलाई सम्बोधन गर्ने तय गर्ने छन् । आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले वार्षिक नीति तथा कार्यक्रम स्वीकृत गरिसकेको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले जानकारी दिए ।
आव २०८१÷८२ को नीति तथा कार्यक्रम आज सार्वजनिक गर्ने भएपछि आजदेखि प्रदेश सभा बैठकमा नेपाली कांग्रेस पनि सहभागी हुने भएको छ । यसअघि कांग्रेसले निरन्तर प्रदेश सभाको बैठक बहिस्कार गर्दै आएको थियो ।
कांग्रेसले मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिने दिन र सरकारको नीति तथा कार्यक्रमको प्राथमिकता सार्वजनिक गर्ने प्रयोजनका लागि बोलाइएको दुवै बैठक बहिस्कार गरेको थियो। आजको प्रदेश सभा बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस पनि सहभागी हुनेछ ।
आजको बैठकमा महालेखापरीक्षकको छैटौँ वार्षिक प्रतिवेदन–२०८१ प्रदेशसभामा पेश गर्न बैठकले स्वीकृति समेत प्रदान गरेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे