
काठमाडौं, जेठ १८ । दाङमा अटोरिक्सा र मोटरसाईकल एक आपसमा ठोक्किदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाईकल चालक बबई गाउँपालिका ४ निवासी ३० बर्षीय राजेश भण्डारी र मोटरसाईलकमा सवार सोही ठाउँका ३१ बर्षीय साकार केसी रहेका छन् ।
उनीहरुको नेपालगञ्जमा उपचारको क्रममा विहीबार राति मृत्यु भएको हो । तुलसीपुर २ कुमलगडीबाट तुलसीपुर तर्फ जादै गरेको रा १ ह ४०९६ नम्बरको अटो र बिपरित दिशाबाट आउँदै गरेको रा ७ प २५० नम्बर मोटरसाईकल एक आपसमा ठोक्किएर दुर्घटना भएको थियो ।
उक्त दुर्घटनामा परि अटो चालक दाङ शान्तिनगर ७ खैरेनीका ४३ बर्षीय रुद्र बहादुर थापा घाइते भएका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे