
काठमाडौँ, १५ जेठ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले महिनावारी भएको बेला महिला ट्राफिकलाई बिदा दिने घोषणा गरेका छन्।
गणतन्त्र दिवसको अवसर पारेर लामिछानेले सानो प्रयास भन्दै महिला ट्राफिकलाई रजस्वला हुँदा चार दिन बिदा दिने जानकारी दिएका हुन्।
उनले लेखेका छन्, ‘गणतन्त्र दिवस अवसरमा शुभकामना सहित एउटा सानो प्रयास: अब देखि महिला ट्राफिक प्रहरीहरूले महिनावारीका ४ दिन सडकमा डिउटी गर्नु पर्दैन, मापसे लगायत ट्राफिक नियमको उलङ्घन गर्नेहरूले स्वयम् सेवकका रुपमा उहाँहरुको साटो सडकमा सघाउनु हुनेछ।’
त्यसको साटो मापसे गरी ट्राफिक नियम उल्लंघन गर्नेहरुले स्वयंसेवकको रुपमा सडकमा सघाउनुपर्ने गृहमन्त्री लामिछानेले बताए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे