
काठमाडौँ, जेठ १४ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले मनसुन सुरु भएसँगै जेठ १९ देखि असोज १९ गतेसम्म विपद् जोखिमबाट जनतालाई राहत र उद्धारका लागि गृहमन्त्रालयको नेतृत्वमा टास्क फोर्स बनाउने बताएका छन् ।
सोमबार सिंहदरबारस्थित गृहमन्त्रालयमा मनसुनसम्बन्धी विपद् जोखिमसम्बन्धी सरोकारवालहरुसँगको छलफलमा बोल्दै लामिछानेले यस्तो बताएका हुन् ।उनले मनसुन जन्य विपदमा जनताको उद्धार राहतका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, सडक विभाग, हेलिकोप्टर व्यवसायीको प्रतिनिधि, मौसम पूर्वअनुमान, जल तथा मौसम विभागको प्रतिनिधित्व हुनेगरी तीन दिनभित्र ट्याक्स फोर्स बनाउने बताए ।
उक्त ट्याक्स फोर्सले तीन दिन भित्रमा विपद्बाट जनतालाई जोगाउनका लागि गर्नुपर्ने काम र अधिकारका विषयमा कार्ययोजनासहितको कार्यविधि बनाउन निर्देशन दिएका छन् । लामिछानेले एडिआरआरईलाई विपद् आउन सक्ने १० जोखिम क्षेत्र तत्कालै टिम पठाउन र यो वर्षको मनुसन जन्य विपद् जोखिमबाट बचाउने र जोखिम परे तत्काल उद्धार गर्ने र जनतालाई सरकार भएको अनुभूति हुनेगरी काम गर्न निर्देशन दिएका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे