
काठमाडौँ, जेठ १४ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई सोमबार अदालत उपस्थित गराइँदै छ ।जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा रहेका उनलाई तेस्रो पटक म्याद थपका लागि जिल्ला अदालत धनुषामा उपस्थित गराउने तयारी भइरहेको प्रहरीले जनाएको छ । गत शुक्रबार थप गरिएको तीन दिनको म्याद आज सकिदैछ ।
अध्यक्ष सिरोहियाको स्वास्थ्यमा समस्या देखिएपछि शुक्रबार राती अस्पताल भर्ना गरिएको थियो । टाउको दुख्ने तथा रिँगटा लाग्ने समस्या देखिएपछि उनलाई राती ९ बजे प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएको थियो । सिरोहियाको नागरिकतामाथी प्रश्न उठाउदै जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दर्ता भएको थियो। प्रहरीले पक्राउ पुर्जी जारी नगरी सिरोहिया अदालत गएका थिए।
१६ वैशाख २०८१ मा प्रहरीमा परेको जाहेरीमा सिरोहिया गैरनेपाली नागरिक रहेको र नागरिकताको दुरुपयोग गरिरहेको आरोप लगाइएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे