
काठमाडौँ, जेठ १४ । जिल्ला अदालत काठमाडौँले निलम्बित न्यायाधीश भुवन गिरीलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको छ । न्यायाधीश दुर्गाबहादुर भुसालको इजलासले जिल्ला न्यायाधीश गिरीलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको हो ।
जिल्ला अदालतका स्रेस्तेदार रामु शर्माका अनुसार जिल्ला न्यायाधीश गिरी बलात्कारको मुद्दामा दोषी ठहर भएको र सजाय निर्धारणका लागि यही जेठ २८ गते पेसी तोक्न आदेश भएको छ ।
जिल्ला अदालत कपिलवस्तुमा जिल्ला न्यायाधीशका रूपमा काम गरिरहँदा प्रहरीमा जाहेरी परेपछि न्यायाधीश गिरीलाई निलम्बित गरी थुनामा राखिएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे