
काठमाडौँ, ९ जेठ । साताको चौथो कारोबार दिन सुनको भाउ घटेको छ । बुधबार सुन प्रतितोला १०० रुपैंयाले घटेको हो ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ४० हजार ५०० रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो कारोबार दिन मंगलबार छापावाल सुन प्रतितोला १ लाख ४० हजार ६०० रुपैयाँ रुपैयाँमा कारोबार भएको थियो । तेजावी सुनको मूल्य तोलाको १ लाख ३९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी आज चाँदीको मूल्य १५ रुपैंयाले बढेर १ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे