
काठमाडौं , जेठ ६।नेपाल पेय पदार्थ तथा चुरोट उद्योग संघले वजेट तर्जुमा भई रहेको समयमा गलग र भ्रमपूर्ण रुपमा करको दरको अवस्था बारे विभिन्न पत्र पत्रिका मार्फत विज्ञापन सम्प्रेषण गर्नु अशोभनीय भन्दै विज्ञप्ति जारी गरेको छ।
नेपाल पेय पदार्थ तथा चुरोट उद्योग संघबाट विभिन्न ब्राण्डका नेपालमा बिक्री वितरण हुने चुरोटमा करको भार ३३ प्रतिशत नभएर ७१ प्रतिशत रहेको दाबी गरेको छ।
नेपाल पेय पदार्थ तथा चुरोट उद्योग संघबाट जारी विज्ञप्तिमा , तथ्यहीन तथा भ्रामक सूचनाबाट नीति निमार्ण लाई प्रभावित पार्न खोज्नु, यी उद्योगहरुले पुर्याएको योगदानलाई नजरअन्दाज गर्नु मात्र नभई स्वदेशी औद्योगिक उत्पादनलाई निरुत्साहन गर्नु,आयातित एवं गैर कानुनी वस्तुहरूलाई प्रोत्साहान गर्नु, निहित, स्वार्थका लागी राज्यलाई गुमराहमा पार्न खोज्नु हो भन्दै करको भार ७१ प्रतिशत रहेको दाबी गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे