
काठमाडौँ २५ वैशाख | राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० संसदीय दलको बैठकले आगामी बजेट अधिवेशनमा पार्टीको भूमिकाबारे छलफल गरेको छ ।मङ्गलबार सिंहदरबारस्थित पार्टीको संसदीय दलको बैठकमा आगामी वर्षे अधिवेशन र बजेटबारे कसरी प्रस्तुत हुने भन्नेबारेमा छलफल भएको सांसद मनिष झाले बताउनुभयो ।
उनले छलफलमा आगमी बजेटको बारेमा नीति तथा कार्यक्रम र आफ्नो दलको तर्फबाट सरकारमा पाएको मन्त्रालयको बारेमा कठोर रुपमा प्रस्तुत हुने बारेमा छलफल भएको बताए । उनले भने ,हामी सम्बन्धित दलको चार वटा मन्त्रालय रहेको छ, मन्त्रालयमा पनि हामी कठोर रुपमा प्रस्तुत हुनेछौ । उनले बजेट अधिवशेन आउँदै गर्दा राजनीतिक दलहरुले विभिन्न साझेदारहरुसँग छलफल गर्न आवश्यक रहेको बारेमा पनि छलफल भएको बताए ।
उनले भने , ‘छलफलमा आगमी बजेटको बारेमा नीति तथा कार्यक्रम अहिलेसम्म जुन किसिमले तयार भएको छ, त्यो तयार भएको नीति तथा कार्यक्रममा बजेटको अधिवेशनमा हामीले तयारी गर्ने र बजेटको अधिवेशनमा तयारी गर्दैगर्दा हामी सम्बन्धित दलको ४ वटा मन्त्रालय रहेको छ, मन्त्रालयमा पनि हामी कठोर रुपमा प्रस्तुत हुने । हाम्रो पार्टीले प्रतिनिधित्व गरेको मन्त्रालय हो, त्यसैले गर्दा यो बाहेकको छलफल गरौँ भन्ने नराखेर राजनीतिक कठोरता, निर्ममता र सबै रुपमा मन्त्रालयहरुलाई सत्ता पक्षमात्र नभइ जनप्रतिनिधिको रुमपा हेर्ने त्यसरी नै प्रश्तुत हुने, प्रतिनिधित्व गर्ने भन्ने छलफल भयो । बजेट अधिवशेन आउँदै गर्दा राजनीतिक दलहरुले विभिन्न साझेदारहरुसँग छलफल गर्न आवश्यक छ ।’
सांसद झाले सबै राजनीतिक दलहरु स्वीकार गर्ने र सत्तामा रहेका दलहरुको सर्वदलीय निर्णय भयो भने छानबिन समिति बनाउने निष्कर्षमा पुगे सहकारी प्रकरणमा उपप्रधानमन्त्री एवं गृहमन्त्रीमाथि छानबिन गर्न आफूहरु सहमत हुने बताए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे