
काठमाडौँ, २५ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवबीच बालुवाटारमा छलफल भएको छ।
दाहाल र यादबबीच आज बिहान बालुवाटारमा छलफल भएको । गए राति स्वदेश फर्किएका यादवले आज बिहान बालुवाटार पुगेर प्रधानमन्त्री दाहालसँग छलफल गरेका हुन्। भेटमा पार्टी विभाजनका विषयमा छलफल भएको बुझिएको छ ।
आइतबार संघीय अध्यक्ष अशोक राईले ७ सांसद र ३० केन्द्रीय सदस्य लिएर नयाँ दल जसपा गठन गरेका छन् । राई नेतृत्वको जनता समाजवादीलाई निर्वाचन आयोगले सोमबार नयाँ दलको मान्यता दिइसकेको छ । प्रतिनिधिसभामा रहेका चार सांसद उपेन्द्रका पक्षमा छन् । यादव उपप्रधान, स्वास्थ्य तथा जनसंख्या मन्त्री पनि छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे