
काठमाडौँ, २४ बैशाख । सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित शीर्ष नेताहरूसँग छलफल गर्न बैठक बोलाएका छन्। उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने मुछिएको सहकारी ठगी प्रकरणमा सहमतिको प्रयासका लागि सभामुखले शीर्ष नेताहरूसँग छलफल गर्न लागेका हुन् ।
बैठक भोलि बिहान साढे ११ बजे सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बोलाइएको हो । सहमति प्रयासका लागि सभामुख घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई बैठकमा बोलाएका छन्।
संसदको बर्खे अधिवेशन वैशाख २८ गतेदेखि सुरु हुँदैछ । सदनको अवरोध खुलाउन सभामुखले घिमिरेले दुई पटक शीर्ष नेताहरूसँग छलफल गरिसकेका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे