
बझाङ , १६ वैशाख। बझाङ प्रदेशसभा–१ मा भएको उपनिर्वाचनको जारी मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले अग्रता बनाएका छन् ।
सुरुवाती परिणाममा नेकपा एमालेका दमनबहादुर भण्डारीले फराकिलो अन्तर बनाएपनि सोमबार बिहानसम्मको परिणाममा कांग्रेसका सिंह अगाडि लागेका हुन् । कांग्रेस उम्मेदवार सिंहले ८ हजार २२७ मत पाएका छन् भने एमालेका भण्डारीले ७ हजार ९७४ मत पाएका छन् ।
त्यस्तै, नेकपा माओवादी केन्द्रका जनकबहादुर बुढाले ३ हजार ३३, नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार १७२, राप्रपाका किशोरकुमार खड्काले २०२, जनता समाजवादी पार्टीका रामबहादुर जाग्रीले ३९, जनमत पार्टीकी शुशिलादेवी विष्टले २१, नेपाल मजदुर किसान पार्टीका खगेन्द्रबहादुर शाहीले १५ मत पाएका छन् ।
छ वटा पालिका रहेको यो क्षेत्रको उपनिर्वाचनमा ३० हजार ३२८ मत खसेको छ । अहिलेसम्म २० हजारभन्दा बढी मत गणना भइसकेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे