
काठमाडौँ , १५ बैशाख । सत्तारुढ जनता समाजवादी पार्टी ९जसपा० को केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दैछ । बैठक दिनको ४ बजे पार्टी कार्यालयमा बस्ने छ । आजको बैठकमा पार्टीको राष्ट्रिय महाधिवेशन प्रतिनिधि निर्वाचन निर्देशिकाउपर छलफल हुने छ । पार्टीका प्रवक्ता मनिष सुमनका अनुसार बैठकमा महाधिवेशनको तयारीका लागि भइरहेका गतिविधिको समीक्षा र महाधिवेशनका एजेण्डाहरुमाथि छलफल हुने छ ।
जसपाले जेठ २७ देखि २९ गतेसम्म जनकपुरमा महाधिवेशन गर्ने निर्णय गरिसकेको छ । महाधिवेशनका लागि अध्यक्ष यादवको नेतृत्वमा राजनीतिक प्रतिवेदन र वरिष्ठ नेता राजेन्द्र श्रेष्ठको नेतृत्वमा नीति तथा कार्यक्रमको मस्यौदा लेखन भइरहेको प्रवक्ता सुमनले जानकारी दिए । आजको बैठकमा ती प्रतिवेदनहरूमाथि समेत छलफल हुनेछ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे