
काठमाडौँ , १३ वैशाख – कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिँदैछन् ।गत चैत २७ मा मुख्यमन्त्री नियुक्त भएका एमालेका नेता कँडेलले आज विश्वासको मत लिन लागेका हुन् ।मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिन लागेकाले प्रदेश सभाको बैठक दिउँसो तीन बजे बोलाइएको छ।
मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्न कम्तिमा २१ सांसदको समर्थन चाहिन्छ । कर्णाली प्रदेशसभा ४० सदस्य रहेका छन् ।
नेपाली कांग्रेसका १४, नेकपा माओवादीका १३, नेकपा एमालेका १० ,राप्रपा १ , एकीकृत समाजवादी १ र स्वतन्त्रका १ सांसद रहेका छन् । सत्ता गठबन्धनसँग २४ सांसद रहेका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे