
काठमाडौं , ३० चैत । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले विश्वासको मत पाएका छन्। शुक्रबार बसेको प्रदेश सभा बैठकमा उनले विश्वास मत प्रस्ताव राखेको थिए । महरालाई माओवादी , एमाले, नागरिक उन्मुक्ति, जनता समाजवादी र स्वतन्त्र सांसदले विश्वासको मत दिएका थिए ।
उनको पक्षमा ४८ मत र प्रस्तावको विपक्षमा जम्मा २८ मत परेको थियो । मुख्यमन्त्रीले राखेको प्रस्तावको विपक्षमा कांग्रेस र जनमत पार्टीको मत परेको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे