
काठमाडौँ , २५ चैत | बालुवाटारमा सत्ता र प्रतिपक्षी दलका बीच भएको छलफल बिनानिष्कर्ष सकिएको छ। सदन अवरोध खुलाउने विषयमा प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे, एमाले अध्यक्ष केपी शर्मा ओली, काँग्रेस नेता कृष्णप्रसाद सिटौला, महामन्त्री गगन थापासहितको बैठक भएको थियो ।
हिजो प्रधानमन्त्री पुष्पकमल दाहाल सहित बसेको बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस आफ्नो अडानबाट पछि नहटेपछि बैठक बिना निष्कर्ष टुंगिएको थियो । कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सहकारीको रकम हिनामिनामा मुछिएको भन्दै छानबिनका लागि संसदीय छानबिन समितिको माग गर्दै आएको छ ।
मंगलवार आज बिहान नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बसेको पार्टीको संसदीय दलको बैठकले कांग्रेस ‘संसदीय छानबिन समिति’बाट पछाडि नहट्ने निर्णय गरेको हो। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदीय छानबिन समिति बन्नै पर्नेमा जोड दिए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे