
काठमाडौँ, फागुन २२ । त्रिकोणात्मक टी-ट्वेन्टी आई सिरिजको फाइनलमा आज नेपाल र नेदरल्याण्ड्स हान साढे ११ बजे त्रिवि क्रिकेट मैदानमा प्रतिस्पर्धा गर्दैछन्। घरेलु मैदानमा एक वर्षअघि एसीसी प्रिमियर कपको उपाधि जितेको नेपालले त्यसयता दुई उपाधिको अवसर गुमाएको छ। नेपालले २०२१ को फाइनलमा नेदरल्यान्ड्सलाई १४२ रनले हराउँदै उपाधि जितेको थियो ।
टी-ट्वेन्टी आईमा पछिल्ला पाँच खेलमा नेपालले तीन खेल जितेको छ। नेदरल्यान्ड्सले दुई खेलमा जित दर्ता गरेको छ। लिगको अन्तिम खेल भने वर्षाले प्रभावित बनेपछि पाँच अंकसहित लिग चरणको शीर्ष स्थानमा रहेर नेदरल्याण्ड्स फाइनल पुगेको थियो भने नेपाल ४ खेलमा ४ अंकका साथ दोस्रो स्थानमा रहेर फाइनल खेलेको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे