काठमाडौँ,२० फागुन ।नेपाल बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालका बैंक खतरामा नरहेको र सुरक्षित रहेको बताए ।
संसदीय समितिको बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको बैंकिङ क्षेत्रको सुरक्षा र स्थायित्वप्रति जनतालाई आश्वासन दिएका छन् । उनले बैंक जोखिममा रहेको हल्ला निराधार भएकोमा जोड दिँदै देशका वित्तीय संस्थालाई विश्वास गर्न आग्रह गरे ।
सरकारका केही महत्वपूर्ण व्यक्तिसँगको भेटमा उनले यस्तो बताएका हुन् ।उनले भने,’बैंकहरुको सवलतालाई हेरर नै विदेशी बैंक तथा वित्तीय डेभलपमेन्ट फाइनान्सहरूले राम्रो खालको ऋण दिइरहेका छन्। हाम्रा संस्थाहरूमा समस्या हुन्थ्यो भने त उनीहरूले ऋण दिँदैनथे। यसैले हाम्रा संस्थाहरू सबल छन्।’
अधिकारीले बैंकिङ क्षेत्रमा देखिएको अराजक गतिविधिलाई रोक्न सकिएन भने कर्जाको माग र कर्जा प्रवाहमा समस्या हुने उल्लेख गरे।
उनले यो विषयमा नेपाल सरकारका सचिव र मन्त्रीहरूसँग निरन्तर छलफल भइरहेको जिकिर गरे। उनले भने,’अराजकतालाई रोक्न सकेनौं भने हामीले सोचे अनुसारको कर्जाको माग हुने र कर्जा प्रवाह हुने अवस्था छैन। यसले बैंकिङ क्षेत्रमा मनोबल गिराउने काम भइरहेको छ। बैंकका स्टाफहरूलाई कालोमोसो दल्ने ।स्टाफहरूलाई अफिसबाट बाहिर निस्कने वित्तिकै नराम्रो व्यवहार गर्ने। बैंकिङ क्षेत्रलाई धरासायी बनाउन सकियो भने अरु खालका उद्देश्य परिपूर्ति गर्नलाई यस्तो खालको समूहले काम गरिरहेको हुन्छ। यसलाई समयमै रोक्नुपर्छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे