
काठमाडौँ, १८ फागुन । दमकमा बोलेरोलाई टिपरले ठक्कर दिँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । आज बिहान पूर्व-पश्चिम लोकमार्ग मोरङको बेलबारी–३ पुरानो मालपोत अगाडि टिपर, बस र बोलेरो जीप ठोक्किदा बोलेरोमा सवार तीन जनाको मृत्यु छ भने पाँच जना गम्भीर घाइते हुन् ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्र१ख ९६७६ नम्बरको टिपरले पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको एक बसलाई ठक्कर दिँदै सोही दिशामा रहेको मे१ज २८५६ नम्बरको बोलेरोलार्ई ठक्कर दिएको थियो । मृत्यु हुनेमा बोलेरोमा सवार झापा कमल गाउँपालिकाका ५२ वर्षीय यदुकान्त भट्टराई , सोही ठाउँका ४४ वर्षीया गीता खनाल र ३६ वर्षीय कृष्ण गजुरेल रहेका छन् । उनीहरुको घटनास्थलमै मृत्यु भएको हो ।
घाइतेको न्यूरो अस्पताल विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले ट्रिपर र चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान सुरु गरेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे