
मोरङ, ११ फागुन । मोरङको बुढीगंगा गाउँपालिका-४ को प्रगतिटोलमा भारतीय नम्बर प्लेटको मालवाहक ट्रक पल्टिँदा तीन बालबालिकासहित चार जना घाइते भएका छन् । विहान मार्बल लिएर आउँदै गरेको आर.जे. २९ जी.बी. १५६१ नम्बरको ट्रक साँघुरो सडकमा पल्टिएको थियो ।
ट्रकले तीन बालबालिकालाई किचेको छ भने अर्का एक जनाको खुट्टा च्यापिएको छ । बच्चाहरुको अवस्था भने गम्भीर रहेको छ । ट्रकले किचेर बच्चाहरु घाइते भएपछि स्थानीयबासी आक्रोसित बनेका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे