
काठमाडौँ, माघ १६ । आज देखि देशभरका सम्पूर्ण सरकारी कार्यालय अपराह्न ५ बजेसम्म खुल्ने भएका छन् । बिहान १० बजे खुल्ने सरकारी कार्यालयहरु अपरान्ह ५ बजे बन्द हुनेछन् । सरकारले सरकारी कार्यालय बिहान १० बजे देखि अपरान्ह ५ बजे सम्म खुल्छ भनेर २०७९ साल चैत २ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरेको थियो ।
जाडो समयमा दिन छोटो हुने भएकाले सरकारले ३ महिना कार्यालय समय ६ घण्टाका लागि मात्रै तोक्ने गरेको छ । सरकारले गत कात्तिक १६ गतेदेखि यही माघ १५ गतेसम्म बिहान १० देखि अपराह्न ४ बजेसम्म तोकेको थियो ।
शुक्रबार भने बिहान १० देखि अपराह्न ३ बजेसम्म मात्र कार्यालय खुल्ला रहने छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे