
पोखरा १० पुस | पोखरामा गए राति कारको ठक्करबाट दुई पैदल यात्रीको मृत्यु भएको छ । बाग्लुङ बसपार्कबाट जिरो किलोमिटरतर्फ जाँदै गरेको बा १३ च ३७२१ नम्बरको कारले पैदलयात्रीलाई ठक्कर दिँदा दुवै पैदल यात्रीको घटनास्थलमै मृत्यु भएको हो ।
मृत्यु हुनेमा बाग्लुङको ढोरपाटन नगरपालिका– ६ घर भई हाल नदीपुर निवासी २० वर्षीय ढालेन्द्र छन्त्याल र अर्का नामथर नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष रहेका छन् ।
ठक्कर दिने कारका चालक फरार छन् भने कार प्रहरीको नियन्त्रणमा रहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे