
काठमाडौँ , १० पुस | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज राष्ट्रको नाममा सम्बोधन गर्दैछन् । प्रचण्डले आज (मंगलबार) अपराह्न ५ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।
प्रधानमन्त्री बनेको एक वर्ष पुगेको अवसरमा प्रचण्डले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका हुन् । प्रचण्ड तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले विसं। २०७९ पुस १० गते प्रधानमन्त्री नियुक्त भएका थिए ।
प्रचण्डले एक वर्षको अवधिमा गरेका काम , गर्न बाँकी काम साथै गर्न नसकेको काम आजको सम्बोधनमा समेट्ने छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे