
काठमाडौं , मङ्सिर २७ । काठमाडौं महानगरपालिकाले आजदेखि सुर्तीजन्य पदार्थहरूको बिक्री , प्रयोग र कारोबारमा प्रतिबन्ध लगाएको छ । महानगरपालिकाको स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलका अनुसार आजदेखि प्लास्टिकमा प्याक गरिएका सुर्तीजन्य पदार्थको बिक्री, भण्डारण तथा प्रयोगलाई पूर्णरूपमा निषेध गरिएको छ ।
महानगरले मङ्सिर १२ गते एक सूचना प्रकाशित गर्दै सुर्तीजन्य पदार्थहरूको बिक्री वितरणमा पूर्ण रूपमा प्रतिबन्ध लगाउने घोषणा गरेको थियो । नियमको अटेर गर्नेलाई कारबाही हुने महानगरले जनाएको छ ।
सुर्तीजन्य पदार्थको सेवनले मानव स्वास्थ्यको लागि अत्यन्त हानिकारक रहेकाले यसलाई पूर्ण रूपमा प्रतिबन्ध लगाउने घोषणा गरेको महानगरले बताएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे