
काठमाडौं, मङ्सिर २५ । सङ्घीय संसद्का महासचिव डा. भरतराज गौतमले पदबाट राजीनामा दिएका छन्। उनले आइतबार पदबाट राजीनामा दिएका हुन् । गौतमको राजीनामा राष्ट्रपति कार्यालयबाट स्वीकृत भएपछि उनको स्थानमा पदमप्रसाद पाण्डेको नाम सिफारिस गरिएको छ ।
सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले पाण्डेको नाम महासचिवमा सिफारिस गरेका थिए ।
पाण्डे अहिले प्रतिनिधिसभा सचिवका रूपमा कार्यरत छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे