
काठमाडौं, मङ्सिर १८ । हेटौँडा उपमहानगरपालिका १६ मा ट्याक्टर दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्याक्टर चालक र ट्याक्टरमा सवार रहेका छन् ।
ट्याक्टर चालक बारा निजगढ नगरपालिका १३ का डिलम थिङ र ट्याक्टरमा सवार हेटौँडा उपमहानगरपालिका १६ पानीस्वाराका जितबहादुर थिङ रहेका छन् ।
ट्याक्टर ब्याक गर्ने क्रममा आफै अनियन्त्रित भई पानीस्वारा भिरबाट करिब तीन सय मिटर तल खसी दुर्घटना भएको हो । दुर्घटनामा दुवै जनाको घट्नास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे