
उच्च शिक्षा हासिल गर्न बिदेश जान चाहने बिध्यार्थी हरू लाई गुणस्तरीय शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएको भिवो एजुकेशन कन्सल्टेन्सीले यसै साता स्टडी इन अष्ट्रेलिया इन्फो सेसनको आयोजना गरेको छ। उक्त इन्फो सेसनमा अष्ट्रेलियाको सिड्नीमा रहेको बेस्टन सिड्नी कलेजको बारेमा बिध्यार्थी हरू लाई जानकारी गराइएको थियो।
उक्त कार्यक्रममा बेस्टन सिड्नी कलेजका मार्केटिङ् मेनेजर प्रदीप भट्ले कलेजमा सञ्चालीत कोर्स, फ्यासिलीटी, नेपाली संञ्चालक भएको हुँदा नेपाली बिध्यार्थीहरूले पाउँने सेवा सुविधा र पछिल्लो इनटेक को लागि एप्लिकेशनको तयारीको बारेमा जानकारी गराउनु भएको थियो।
इन्फर्मेसन सेसनकै क्रममा भिवो एजुकेशन कन्सल्टेन्सीका एकेडेमीक डाइरेक्टर शृङ्खल कार्कीले आफुले लामो समय देखि बेस्टन सिड्नी कलेजलाई प्रबर्धन गर्दै आएको र बिध्यार्थी हरू ले यस कलेजमा ढुक्क संग पढ्न जान सक्ने जानकारी गराउनु भयो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे