
काठमाडौँ, कात्तिक १२ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस शनिबार राति १ः०० बजे नेपाल आइपुगेका । उनलाई परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा स्वागत गरेका छन्।
आफनो चार दिने भ्रमणका लागि उनी नेपाल आइपुगेका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निमन्त्रणामा उनले आजदेखि बुधबारसम्म नेपालको औपचारिक भ्रमण गर्नेछन् ।सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधनको व्यवस्था गर्न सरकारले गरेको पत्राचार अनुसार सचिवालयले आन्तरिक तयारी थालेको हो ।
गुटेर्रेसले मङ्गलबार सङ्घीय संसद्का दुवै सदनको बैठकमा सम्बोधन गर्ने कार्यतालिका तय भएको छ । सम्बोधनको जानकारी आइतबार प्रतिनिधि सभामा पनि दिने तयारी छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निमन्त्रणमा नेपाल आएका उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री प्रचण्ड, प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीलगायतसँग शान्ति प्रक्रिया र जलबायु परिवर्तनका बारेमा छलफल गर्नेछन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे