
काठमाडौँ, कात्तिक ११ । आज शनिबार राति खण्डग्रास चन्द्रग्रहण लाग्ने छ । राति ११:४७ बजे स्पर्श हुने चन्द्रग्रहणको सुतक दिउँसो ४:१९ बजेदेखि सुरु हुने समितिका सदस्य समेत रहेका धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले जानकारी दिए । ग्रहणको मध्य आइतबार बिहान १:५९ बजे हुने छ भने आइतबार बिहान २:३८ बजे ढाक्न छोड्ने छ । बिहान ४:१२ बजे विरल छायाले ढाक्न छोड्ने छ ।
ग्रहणका बेलामा नित्य र नैमित्तिक कर्म गर्नु हुन्छ । विशेष कामना राखेर गरिने कर्म भने गर्नुहुँदैन । खण्डग्रास चन्द्रग्रहण नेपालका सबै भागबाट देखिने साथै युरोप, अफ्रिका र एसियाको पूरै भागबाट तथा अस्ट्रेलिया र उत्तर एवं दक्षिण अमेरिकाका केही भागबाट देखिने छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे