
काठमाडौँ , कात्तिक १० | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच शुक्रबार भेटवार्ता भएको छ ।
भेटका लागि नेकपा एमालेका अध्यक्ष ओली प्रधानमन्त्री दाहाललाई भेटन् प्रधानमन्त्री कार्यालय, सिंहदरबार पुगेका थिए ।
एमाले अध्यक्ष ओली र प्रधानमन्त्रीबिच शुक्रबार दिउँसो २ बजे सिंहदरबारमा भेटघाट भएको हो । भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे