
काठमाडौँ, कात्तिक २ । चीनको भ्रमणमा रहेका उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन् । उपप्रधानमन्त्री श्रेष्ठलाई सामान्य खालको हृदयाघात भएको बताइएको छ ।
अहिले श्रेष्ठको स्वास्थ्य अवस्था खतरामुक्त रहेको अस्पतालले जानकारी दिएको उनको सचिवालयले जनाएको छ । उनको छातीमा स्टेन्ट राखिएको छ । अस्पतालले २४ घन्टा अब्जरभेसमनमा राख्नुपर्ने बताएको छ।
श्रेष्ठ बीआर आईसम्बन्धी एक कार्यक्रममा सहभागी हुन असोज २९ गते चीन गएका थिए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे