
काठमाडौँ , कात्तिक १ । पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले विकट क्षेत्रका नागरिकलाई सेवा दिन ट्वीनेटर विमान खरिद गर्ने प्रक्रिया नरोकिने बताएका छन् । आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गँदै उनले यस्तो बताएका हुन् ।
मन्त्री किराँतीले पहाडी र हिमाली क्षेत्रका जनताले सधैँ कष्टपूर्ण यात्रा गरिरहनुपर्छ भन्ने मान्यतामा आफू नरहेको भन्दै जनताको सेवाका लागि जहाज अभाव भएकोले खरिद गर्न लागेको बताए ।
मन्त्री किराँतीका अनुसार विकट गाउँका महिला सुत्केरी हुन नसक्दा सबैले हेलिकोप्टर चार्टर गर्न सक्ने अवस्था नहुँदा मृत्युवरण गर्नुपर्ने परिस्थिति रहेका कारण पनि नेपाल वायु सेवा निगमले जहाजको आवश्यकता रहेको छ ।
निगमले १० वटा ट्वीनेटर विमान खरिद गर्ने प्रक्रिया अगाडि बढाएको र यहिँ आर्थिक वर्षभित्र जहाज खरिद गर्ने उनले बताए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे