
काठमाडौँ, कात्तिक १ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज विश्वासको मत लिँदै छन् । यही असोज २७ गते नियुक्त हुनुभएका मुख्यमन्त्री कार्कीले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संबैधानिक व्यवस्था रहेको छ ।
नेपाली काँग्रेसका ८ जना प्रदेश सभाका सांसदहरु र एमालेको सहयोगमा मुख्यमन्त्री हुनुभएका कार्कीलाई माओवादी केन्द्रले पनि विश्वासको मत दिने निर्णय गरेको छ। हिजो बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले बुधबारको कार्यसूचीमा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने कार्यसूची तय गरेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे