
काठमाडौं, २६ असोज । गैरीगाउँ सामूहिक हत्या प्रकरणका अभियुक्त सञ्जय भण्डारी पुर्पक्षका लागि कारागार चलान भएका छन् । गत भदौ २९ गते राती तीनकुनेको गैरीगाउँमा रहेको दिव्या सःमिलमा ४ जनाको हत्यामा जोडिएका भण्डारीलाई काठमाडौं जिल्ला अदालतले थुनामा पठाउने आदेश दिएको हो ।
गत भदौ २९ गते साँझ करिब ८ बजेको समयमा तीनकुनेको गैरीगाउँमा रहेको दिव्या सःमिल भित्र ४ जनाको सामूहिक हत्या भएको थियो ।
घटनामा दोलखा घर भई सोही काठ मिलमा गेटपालेको काम गर्ने ५६ वर्षीय कुमार भुजेल, उनकी श्रीमती अन्दाजी ५२ वर्षकी अम्बिका भुजेल, कुमारकी आमा ७६ वर्षीय सुभद्रा भुजेल र सोही स्थानमा काम गर्ने मोरङ बेलबारी स्थायी ठेगाना भएका २० वर्षीय नवीन राईको हत्या भएको थियो ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश दिनबन्धु बरालको इजलासले भण्डारीलाई पुर्पक्षका लागि कारागारमा पठाउने आदेश दिएका हुन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे