
काठमाडौँ, असोज २६ । क्रिकेटर सन्दीप लामिछानेले राष्ट्रिय टिमबाट नाम फिर्ता लिएका छन् । लामिछानेले त्रिकोणात्मक टी–२० श्रृखला नखेल्ने भएका छन् ।
उनले भने , भारी हृदयका साथ, मैले आगामी प्रतियोगिताबाट आफ्नो नाम फिर्ता लिने निर्णय गरेको छु। म मेरो जीवनको कठिन र चुनौतीपूर्ण समयहरूबाट गुज्रिरहेको छु र मैले आफूलाई पुनर्जीवित गर्न आवश्यक छ र परिवारलाई समय चाहिन्छ भन्ने महसुस गर्छु। मैले अहिलेसम्म पाएका सबै आशीर्वाद र शुभकामनाहरूका लागि म कृतज्ञता व्यक्त गर्न चाहन्छु। सबैलाई धन्यवाद। अर्काे भेट नभए सम्म।
सन्दीपले नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गरेको नेपाल, यूएई र हङकङ सम्मिलित त्रिकोणात्मक सिरिज नखेल्ने निर्णय गरेका हुन् । उक्त सिरिजका खेलहरु यहि १ कात्तिकदेखि १० गतेसम्म हुँदैछ ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे