
काठमाडौँ, २४ असोज | विद्युतीय चुरोट (भेप) सुन तस्करी प्रकरणमा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराका छोरा राहुल महराविरुद्ध मुद्दा दर्ता भएको छ ।भेपमा लुकाई तस्करी गरी ल्याएको सुन प्रकरणमा राहुलविरुद्ध जिल्ला अदालतमा मंगलबार मुद्दा दर्ता भएको हो ।
महरासहित सर्लाही घर भई काठमाडौंको नागार्जुन नगरपालिका वडा नम्बर ४ सितापाइला बस्ने ३९ वर्षीय लोकेन्द्रकुमार पौडेल, बेल्जियमका नागरिक ३९ वर्षीय दावा छिरिङ र काठमाडौं महानगरपालिका वडा नम्बर ६ बौद्धका ५७ वर्षीय निमा गुरूङविरूद्ध मुद्दा दायर भएको हो । ती जना प्रहरी हिरासतमा छन् भने निमा फरार छन् ।
राहुललगायतका व्यक्तिहरुलाई भन्सार ऐन,२०६४ को दफा ५७ अनुसारको कसुरमा ३ देखि ५ वर्षसम्मको कैद र संगठित अपराधको कसुरमा त्यसको ५० प्रतिशत गरी अधिकतम साढे ७ वर्षको कैद सजायको मागदाबी लिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे