
काठमाडौँ , २२ असोज | सुदूरपश्चिम प्रदेश सरकारले इजरायलको किबुज अलुमिममा बिद्रोही समूहको आक्रमणबाट निधन भएका परिवारलाई प्रतिव्यक्ति दुई लाखका दरले राहत दिने निर्णय गरेको छ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सोमबार जारी गरेको विज्ञप्तीमा उक्त जानकारी गराइएको हो ।आक्रमणमा परी १० जना नेपाली विद्यार्थीहरुले ज्यान गुमाएका छन् भने एक जना सम्पर्क विहिन रहेका र चार जना घाईते अवस्थामा रहेका छन् ।
मुख्यमन्त्री शाहले मृतकप्रति हार्दिक श्रद्धाञ्जली तथा शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन् । कामसँगै अध्ययन गर्ने कार्यक्रम अन्तर्गत इजरायलमा ११९ जना विद्यार्थी इजरायल रहेका छन् । आक्रमणमा परेका र सम्पर्कविहीन तथा घाइते विद्यार्थीहरुको शीघ्र खोज तथा उद्धार तथा सुरक्षित स्थानमा स्थानान्तरणका सम्बन्धित निकायलाई अनुरोध गरिएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे