
काठमाडौँ २२ असोज | चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालयकी रजिस्ट्रार प्राध्यापक डा। शारदा थपलियाले इजरायलमा रहेका आफ्ना ११९ जना विद्यार्थी सकुशल रहेको जानकारी दिएको छ । आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै विश्वविद्यालयकी रजिस्ट्रार प्राध्यापक डा। शारदा थपलियाले ती विद्यार्थीलाई स्थानान्तरणको प्रयास भइरहेको जानकारी दिएकी छिन् । उनले इजरायलमा रहेका आफ्ना ११९ जना विद्यार्थी सकुशल रहेको बताएकी छिन् ।
कामसँगै अध्ययन गर्ने कार्यक्रम अन्तर्गत इजरायलमा ११९ जना विद्यार्थी सकुशल छन् उनले भनेकी छिन् , “इजरायलमा भएको अतङ्ककारी हमलाको खेद प्रकट गर्दै विश्वविद्यालयबाट २०२३ मा इजरायल गएका ११३ जना र २०२२ मा गएका ६ जना गरी ११९ जना विद्यार्थी सकुशल छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे