
काठमाडौँ , २१ असोज | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बीआरआई कार्यान्वयका लागि छिट्टै योजना बनाएर काम गर्ने प्रतिबद्धता जनाएका छन् । प्रधानमन्त्री दाहालले चीन–नेपाल र भारतको बीचमा विकासको त्रिदेशीय साझेदारी हुन जरुरी रहेको बताएका छन् । आइतबार बिआरआईको एक दशकः व्यापार, लगानी र सम्पर्क सञ्जाल विषयक कार्यक्रमलाई सम्बोधन गँदै उनले यस्तो बताएका हुन् ।
बीआरआई परियोजना अघि बढाउन केही ढिलाइ भएको प्रसंगमा उनले कोभिड महामारी, प्रणाली र संरचनागत सीमाहरूको जिम्मेवार रहेको बताए । विगत १० वर्षमा बिआरआईमार्फत मात्र १ हजार अर्ब अमेरिकी डलर भन्दा बढी लगानी भएको तथ्यांक सार्वजनिक भइरहँदा नेपालले तुलानात्मक रुपमा लगानी भित्र्याउन नसकेको बताए ।
प्रधानमन्त्रीले विद्युत व्यापार नेपालका लागि पहिलो प्राथमिकता नरहेको भन्दै विद्युत उत्पादनको क्षमता विकास गरी विद्युतीय सामग्रीको प्रयोग बढाउनेतर्फ सरकारले काम गरिरहेको साथै डिजेल र पेट्रोलको आयात कम गर्न सुरु भइसकेको पनि बताए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे