
काठमाडौँ , १८ असोज | नेपालगञ्जमा लगाइएको कर्फ्यू बिहिबार बिहानदेखि आंशिक रूपमा हटाइएको छ । मङ्गलवार दिउँसो १ बजेबाट लगाइएको कर्फ्यु बिहीबार बिहान ८ बजेबाट १२ घण्टाका लागि हटाएको छ । त्यसपछि बेलुकी ८ देखि शुक्रबार बिहान ६ बजेसम्म भने पुनः कर्फ्यू लाग्ने बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले जानकारी दिए ।
कर्फ्यु हटाइएको अवधिमा कुनै पनि किसिमका सभा बैठक वा प्रदर्शन गर्न, पोष्टर–पम्प्लेट टाँस्न र हुलदंगा वा अशान्ति मच्चाउने उद्देश्यले एकै ठाउँमा पाँचजनाभन्दा बढी जम्मा हुन नपाउनेगरी निषेधाज्ञा जारी गरिएको छ ।
अधिकारी वीपीन आचार्यले जिल्लामा समग्र शान्ति सुव्यवस्था कायम गर्न, सार्वजनिक सम्पत्तिको संरक्षण, सामाजिक सद्भाव कायम गर्न तथा मानव अधिकारको सम्मान गर्न आग्रहसमेत गर्नुभएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे